देश/प्रदेश

गैंडाकोट मेयर र उपमेयरमा कांग्रेस भारी मतान्तरले निर्वाचित

By खबरहब

May 18, 2022

चितवन- नवलपरासी (बर्दघाट पूर्व)को गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा मदनभक्त अधिकारी र उपमेयरमा शान्ति कोइराला निर्वाचित भएका हुन् ।

मेयरका उम्मेदवार अधिकारीले निकटतम प्रतिस्पर्धी एमालेका छत्रराज पौडेललाई दुई हजार ८४९ मतान्तरले पराजित गरेका हुन् । अधिकारीले १६ हजार ४५५ मत प्राप्त गर्दा निवर्तमान मेयर समेत रहेका पौडेलले जम्मा १३ हजार ६०६ मत प्राप्त गरे । २०७४ को निर्वाचनमा पौडेल २०२ मतान्तरले निर्वाचित भएका थिए ।

उपमेयरकी उम्मेदवार कांग्रेसकी कोइराला सात हजार ४७४ मतान्तरले निर्वाचित भइन् । कोइरालाले १६ हजार ११४ मत प्राप्त गर्दा एमाले र राप्रपा गठबन्धनका उम्मेदवार लुलाराम पौडेलले आठ हजार ६४० मत प्राप्त गरे ।

गैंडाकोटका १८ वटा वडामध्ये १० वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भए भने छ वडामा एमालेका उम्मेदवार निर्वाचित भए । एउटा वडामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भए ।