देश/प्रदेश

तिलाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी   

By खबरहब

May 18, 2022

जुम्ला –  जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा  माओबादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा (कल्पना) विजयी भएका छन् ।

रोकाया नेपाली कांग्रेसका एकराज चौलागाईलाई २१ मतान्तरले पछि पार्दै विजयी बनेका हुन् । उनले एक हजार  ९ सय ३६ मत प्राप्त गरेका हुन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका एकराज चौलागाईले एक हजार ९ सय  १५ मत प्राप्त गरेका हुन ।

उपाध्यक्षतर्फ २  हजार ४ मतसहित नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना) विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुस्मा श्रेष्ठले एक हजार  ८ सय  ७ मत प्राप्त गरेकी हुन् ।

यस पटक तिला गाउँपालिकामा ६ हजार ३ सय ३१ मत खसेको थियो ।