देश/प्रदेश

तिरहुत गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

By खबरहब

May 18, 2022

सप्तरी – सप्तरीको तिरहुत गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

पालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसबाट विजय कुमार यादवले ३ हजार ५ सय ५६ मत ल्याइ विजय भएका हुन् भने उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका हेमन्त बहडखैर(मनोज) २ हजार ९ सय १८ मत ल्याए । नेकपा एमालेका  दिनेश भदेसवार यादवले २हजार ८ सय ५७मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै विणा देवी यादव निर्वाचित भएका छन्।

त्यस्तै, तिरहुत गाउँपालिकाको वडा नम्बर १ मा जसपा, वडा नम्बर २ मा एमाले, वडा नम्बर ३ मा जसपा, वडा नम्बर ४ मा नेपाली कांग्रेस र वडा नम्बर ५ मा कांग्रेस अध्यक्ष पदमा निर्वाचित भएका छन्।