देश/प्रदेश

मकवानपुरको थाहा नगरपालिकामा गठबन्धन विजयी

By खबरहब

May 18, 2022

हेटौंडा – उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ ।

आज बिहानै सार्वजनिक मतपरिणामअनुसार थाहामा नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का विष्णु विष्ट प्रमुखमा र नेपाली कांग्रेसका भरत गोपाली उपप्रमुखमा निर्वाचित भएका हुन्।

थाहामा खसेको कूल मत २३ हजार ५६ मध्ये विष्टले ९ हजार ७१९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अच्युतम ढकालले सात हजार ७७१ मत प्राप्त गरे।

उपप्रमुखमा कांग्रेसका भरत गोपालीले आठ हजार ६०७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका कल्पना बलामीले आठ हजार ५२२ मत प्राप्त गरिन्।

थाहा नगरपालिकामा रहेका कूल १२ वटा वडामध्ये माओवादी केन्द्रले छवटा वडामा जित निकालेको छ भने तीन–तीन वटा वडामा नेपाली कांग्रेस र एमाले विजयी भएका छन् । थाहा नगरपालिकामा अघिल्लो निर्वाचनमा पनि कांग्रेस र माओवादीबीच तालमेल भएर प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।