देश/प्रदेश

ललितपुरमा चिरिबाबुको फराकिलो अग्रता

By खबरहब

May 18, 2022

ललितपुर – ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले फराकिलो अग्रता कायम गरेका छन् ।

२१ हजार ४२७ मत गणना गर्दा महर्जनले ११ हजार ९२० मत प्राप्त गरेका छन् । एमालेका हरिकृष्ण व्यञ्जनकारले ५ हजार ५७० मत ल्याएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्ट महर्जनले ९९८ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेकी मन्जली शाक्यले ५ हजार ९८३ र माओवादीका बाबुराज बज्राचार्यले ४ हजार ५६६ ल्याएका छन् ।

ललितपुर महानगरपालिकाको वडा ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका रुपेन्द्र राज शाक्य १ हजार ३१८ मतसहित विजयी भएका छन् ।

त्यस्तै, वडा नं ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका कुलबहादुर महर्जन विजयी भएका छन् । उनले २ हजार १७० मत ल्याएका छन् ।