देश/प्रदेश

रामगोपालपुरको मेयर/ उपमेयरमा एमाले, वडामा माओवादीको वर्चस्व

By खबरहब

May 18, 2022

महोत्तरी – महोत्तरीको रामगोपालपुर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ।

एमालेका मेयर उम्मेदवार राम दुलार साह ५३४० र उपमेयरमा रिनादेवी यादव ४२६३  मत ल्याएर विजयी भएका हुन् ।

साहका निकटतम प्रतिद्वन्द्वी माओवादीका अशोककुमार मण्डलले ३५८६ मत मात्र प्राप्त गरे भने उपमेयरमा नेपाली कांग्रेसकी पुष्पा देवी कुशाहाले ४२६३ मत प्राप्त गरिन् ।

९ वटा वडा रहेको नगरमा वडा अध्यक्षमा माओवादी केन्द्रले बहुमत ल्याएको छ । वडा नम्बर १, २, ८ र ९ मा माओवादी केन्द्र, ३, ४ र ७ नेकपा एमाले, वडा नम्बर ५ मा नेपाली कांग्रेस र वडा नम्बर ६ मा लोसपाले जित हासिल गरेको छ ।