देश/प्रदेश

वाग्मती गाउँपालिकाको अध्यक्षमा गठबन्धनका लोप्चन विजयी

By खबरहब

May 18, 2022

ललितपुर – दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा गठबन्धनका उम्मेदवार वीर बहादुर लोप्चन विजयी भएका छन् ।

निर्वाचन अधिकृत नागेन्द्र केशोर पोखरेलका अनुसार नेपाली कांग्रेसका नेतासमेत रहेका लोप्चनले ४ हजार ९ सय ९ मतका साथ विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नवराज सञ्जेलले २ हजार ४३ मत ल्याए । उपाध्यक्षतर्फ गठबन्धनकै नेता भक्तबहादुर दर्लामी मगर ‘निसान’ विजयी भए । उनी नेकपा माओवादी केन्द्रका नेता हुन् । मगरले ४ हजार ६ सय ९२ ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नमुना दोहले ३ हजार ७ सय मत ल्याइन् ।

वाग्मतीमा राप्रपाबाट अध्यक्षमा उम्मेदवारी दिएका सानु महर्जनले १९ मत ल्याए भने उपाध्यक्षका उम्मेदवार अम्बिका न्योपाने घिमिरेले ३७ मत ल्याइन् ।