देश/प्रदेश

बकैयामा गठबन्धन विजयी : अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी

By खबरहब

May 18, 2022

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका धर्मराज लामिछाने विजयी भएका हुन् ।

लामिछानेले ११ हजार २९२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सरला बोलखेले ७ हजार ६६ मत प्राप्त गरिन् भने राप्रपाका रामप्रसाद दाहालले ३६९ मत र  नेकपा एकीकृत समाजवादीका नारायण प्रसाद तिमल्सिनाले १३२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, गाउँपालिका उपाध्यक्ष पदमा गठबन्धनबाट नेकपा माओवादीका भक्त बहादुर खत्री विजयी भएका छन् । खत्रीले ९ हजार ५२२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लाल बहादुर स्याङ्तानले ७ हजार ६५२ मत प्राप्त गरे ।