देश/प्रदेश

मंगलसेनको मेयरमा एमालेका बोहरा दोहोरिए

By खबरहब

May 18, 2022

अछाम – मंगलसेन नगरपालिका मेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

बुधबार सम्पन्न मतगणनामा नेकपा एमालेका पदम बोहराले ५ हजार ७३७ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कांग्रेस नमबहादुर शाहीले ५ हजार दुई मत पाए ।

उप प्रमुखमासमेत एमालेका संगीता रावल सोडारी ५ हजार ७१९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी समाजवादीका बमबहादुर रावलले ३ हजार ३७ मत पाए ।

उपप्रमुखमै माओवादी लोकबहादुर बोगटी ४१५ पाउँदा राप्रपाले ७१ मत पाएको छ। नगरप्रमुखमा निर्वाचित भएका बोहरा यसअघिसमेतका नगर प्रमुख हुन् । मंगलसैन नगरपालिकाका १४ वटा वडामध्ये १० मा नेकपा एमाले र ४ वडामा नेपाली कांग्रेस विजयी भएको छ।