मनोरञ्जन

सहकार्य गर्दै निखिल र रमेश 

By खबरहब

May 18, 2022

काठमाडौँ– पुराना अभिनेता निखिल उप्रेती र रमेश उप्रेतीले एकै फिल्ममा सहकार्य गर्ने भएका छन् । 

पछिल्लो समय ‘मायाको जाल’ मा सँगै देखिएका यी दुई अभिनेताले फिल्ममा अभिनयसँगै निर्माण र निर्देशन समेत गर्ने भएका छन् । फिल्ममा लेखन र निर्देशन निखिलको रहने छ । फिल्ममा निखिल र रमेशले अभिनय गर्नेछन् । निखिलले नयाँ तरिकाले फिल्म बनाउने सोच रहेको बताए । ‘हामीले बनाउने फिल्म नेपालीपन बोकेको फिल्म हुनेछ’ उनले भने ।

उनीहरु प्रोजेक्टलाई चाडवाड सकिएपछि फ्लोरमा लैजाने तयारीमा छन् । दशैँतिहार सकिए लगत्तै दशैँ पश्चात फिल्म फ्लोरमा जान सक्ने निखिलले बताए । ‘दशैँ वा तिहार पछाडि फ्लोरमा लाने तयारीमा छौँ । यद्यपि प्राविधिक कामहरू नसकिँदासम्म हतार गर्दैनौँ’ निखिलले भने । प्रि–प्रोडक्सन अन्तर्गत स्क्रिप्ट , कास्टिङ लगायतको काम भइरहेको समेत उनले बताए । निखिलले अभिनयमा गरेको ग्याप पश्चात निर्देशनमा गरेको डेब्यु फिल्म ‘भैरव’ लाई दर्शकले रुचाएका थिए । यता, रमेशले पनि निर्माण र अभिनयमा कमब्याक गरेको फिल्म ‘ऐश्वर्य’ दर्शकको प्रिय बनेको थियो । 

यी दुईले नयाँ पुस्ता सुहाउँदो कथालाई पर्दामा ल्याउने तयारी गरेको बताएका छन् ।