देश/प्रदेश

बारामा पहिलो महिला वडाध्यक्षमा एमालेकी गुरुङको प्यानल विजयी

By खबरहब

May 18, 2022

बारा – जितपुरसिमरा उपमहानगरपालिका १४ मा नेकपा एमालेकी उम्मेदवार चयन गुरुङको प्यानल विजयी भएको छ ।

सम्भवत् बारामै र जितपुरसिमरा उपमहानगरपालिकाकै पहिलो महिला वडाध्यक्षको रुपमा निर्वाचित गुरुङले लोकप्रिय मत प्राप्त गरेकी छन्।

गुरुङले एक हजार तीन सय २५ मत प्राप्त गरेकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका भरतप्रसाद भण्डारीले ९२३ मत प्राप्त गरे । गुरुङ चार सय दुई को फराकिलो मतान्तरले विजयी भएकी हुन् ।

उक्त वडामा एमालेमा महिला सदस्य उम्मेदवार रामपति थरुनी, दलित महिला सदस्य उम्मेदवार गीता सार्की, सदस्य उम्मेदवारहरू तेज नारायण चौधरी र यमनाथ ढकाल विजयी भएका छन् ।