अन्य

प्रबल पुगे ह्वाइट हाउस

By खबरहब

May 18, 2022

काठमाडौँ– नेपालीमूलका हलिउड फेसन डिजाइनर प्रबल गुरुङ अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस पुगेका छन् । 

उनले आफू त्यहाँ पुगेको समाजिक सञ्जाल मार्फत जनाएका हुन् । बाराक ओबामा र मिसेल ओबामा ह्वाइट हाउसमा रहँदादेखि गुरुङको ह्वाइट हाउसमा पुग्ने गरेका प्रबलको सम्बन्ध हार्दिक नै छ ।

ह्वाइट हाउसको रोज गार्डेनमा एसियन–अमेरिकनको लागि आयोजना गरिएको रिसेप्सनमा प्रबलसहितका एसियाली पुगेका हुन् । सो अवसरमा गुरुङसहितका आगन्तुकसँग राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पनि भेट गरे ।

‘नेपालबाट आएको केटोले यसरी सपना पुरा होला भन्ने कहिल्यै सोचेको थिएन । साथ, माया र सहयोगका लागि म्याडम भाइस प्रेसिडेन्टलाई धन्यवाद । उहाँ हामी सबैको सम्भावनाको स्रोत हुनुहुन्छ’ ह्यारिससँगको भेटपछि प्रबलले सामाजिक सञ्जालमा लेखेका छन् ।