ब्रेकिङ स्टोरी

काठमाडौँमा बालेनको अग्रता कायमै, स्थापितभन्दा दोब्बर मतले अगाडि

By खबरहब

May 18, 2022

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले झण्डै दोब्बर मतको अग्रता कायमै राखेका छन्।

४३ हजार ३४८ मत गन्दा बालेनले १६ हजार ९४३ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ८ हजार ७ सय ९८ मत ल्याएका छन्। स्थापितभन्दा बालेनले ८ हजार १४५ मत बढी ल्याएका छन् ।

सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार सिर्जना सिंह ७ हजार ९ सय ८४ मत ल्याएर तेस्रो स्थानमा छिन् ।