तस्वीर- सीएनएस फोटो

अन्तर्राष्ट्रिय

जानाजान चाइना इस्टर्न एयरलाइन्सको विमान दुर्घटना गराइएको अमेरिकी अखबारको खुलासा

By खबरहब

May 18, 2022

काठमाडौं- चीनमा गत मार्चमा दुर्घटनाग्रस्त चाइना इस्टर्न एयरलाइन्सको विमानलाई जानाजान ‘नोज डाइभ’ मा राखिएको सो विमानको फ्लाइट  डेटाले संकेत गरेको अमेरिकी सञ्चार माध्यमहरूले दाबी गरेका छन् ।

अनुसन्धानकर्ताहरूले अहिलेसम्म जेटमा कुनै मेकानिकल वा प्राविधिक त्रुटि फेला नपारेको अमेरिकी अधिकारीहरूले गरेको प्रारम्भिक मूल्याङ्कनलाई उद्धृत गर्दै रिपोर्टमा जनाइएको छ । 

चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्सी प्रान्तको पहाडमा दुर्घटनामा परेर आगो लागेको थियो । कुन्मिङबाट गुआन्झाउ तर्फ उड्ने क्रममा विमान दुर्घटना भएको थियो ।

दुर्घटनापछि विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको थियो ।

‘जहाजले त्यही काम गर्यो जुन काम गर्न ककपिटबाट कसैले विमानलाई निर्देशन दिएको थियो’ अमेरिकी अधिकारीहरूको प्रारम्भिक मूल्याङ्कनसँग परिचित व्यक्तिलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले लेखेको छ ।

दुर्घटनालगत्तै सार्वजनिक भएको एउटा भिडियोमा पनि विमानको अगाडिको भाग आकाशबाट सीधै तल सोझिएको अवस्थामा देख्न सकिन्छ ।

एबीसी न्यूजले पनि अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सो दुर्घटना नियोजित भएको हुनसक्ने जनाएको छ ।