ब्रेकिङ स्टोरी

काठमाडौँ महानगर अपडेट : बालेनको मत १८ हजार नाघ्यो

By खबरहब

May 18, 2022

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्ना प्रतिद्वन्द्वीसँग दोब्बर मतले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार शाहको १८ हजार १६ मत पुग्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितको ९ हजार ३१९ मत पुगेको छ । गठबन्धनबाट उम्मेदवार काँग्रेसकी सिर्जना श्रेष्ठ ८ हजार ३७२ मतसहित तेस्रो स्थानमा छिन् ।

त्यस्तै महानगरको उपमेयरमा एमालेकी सुनिता डंगोल १५ हजार ६७४ मतसहित अग्रस्थानमा छिन् । गठबन्धनबाट उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले ५ हजार १५ मतसहित पछ्याइरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाको ३४४९ मत रहेको छ ।