तस्वीर- बेलायती संसद्

अन्तर्राष्ट्रिय

बालात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायती सांसद पक्राउ

By खबरहब

May 18, 2022

काठमाडौँ- बलात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायतमा कन्जरभेटिभ पार्टीका एकजना सांसद पक्राउ परेका छन् । पक्राउ परेका सांसदको नाम गोप्य राखिएको बीबीसीले जनाएको छ । सन् २००२ देखि २००९ को अवधिमा दुर्व्यवहार गरेको आरोपमा उनलाई हिरासतमा राखिएको महानगरीय प्रहरीले पुष्टि गरेको छ ।

अनुसन्धान भइरहेकाले उनलाई प्रमुख सचेतकले संसद्‍मा उपस्थित नहुन भनेका छन् । उनीमाथि  सार्वजनिक कार्यालयमा विश्वासको पदको दुरुपयोगको आरोप पनि लागेको बीबीसीले जनाएको छ ।

‘सन् २००२ देखि सन् २००९ को अवधिमा गरिएको भनिएको यौन दुर्व्यवहारबारे महानगरीय प्रहरीले सन् २०२० को जनवरीमा एउटा रिपोर्ट प्राप्त गरेको थियो’ महानगरीय प्रहरी प्रवक्ताले भने, ‘घटना लण्डनमा भएका थिए ।’

लण्डनको महानगरीय प्रहरीका अनुसार ‘केन्द्रीय विशेषज्ञ अपराध एकाई’ ले घटनाबारे अनुसन्धान गरिरहेको छ ।