देश/प्रदेश

दुधौलीको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

By खबरहब

May 18, 2022

सिन्धुली– दुधौली नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) का दिनेश अधिकारी दनुवार र उपमेयरमा नेपाली कांग्रेसका चन्द्रकिशोर थारू निर्वाचित भएका छन् ।

नेकपा (एमाले) का उम्मेदवारलाई पराजित गर्दै दनुवार र थारू निर्वाचित भएका हुन् । दनुवारले १५ हजार ८३८ तथा  थारूले १४ हजार २१३ मत प्राप्त गरे । मेयरका प्रतिद्वन्द्वी एमालेका लक्ष्मण कार्कीले १० हजार ६३५ तथा उपमेयरका प्रतिद्वन्द्वी एमालेकै बालकुमारी अधिकारीले १० हजार ६११ मत प्राप्त  गरिन्।

पराजित अधिकारी २०७४ सालमा उपमेयरमा निर्वाचित भएका थिए । चौध वडामध्ये कांग्रेसले सात, एमालेले चार र माओवादी केन्द्रले तीन वटामा जित हासिल गरेको छ । कांग्रेस वडा नं १, ३, ४, ५, ६, ७ र ८ मा विजयी भएको छ । 

यस्तै एमाले उम्मेदवार वडा नं २, ९, १० र ११ मा तथा  माओवादी केन्द्रका उम्मेदवार वडा नं १२, १३ र १४ मा विजयी भएको छ ।