फाइल फोटो

राजनीति

मदनसुन्दरप्रतिको वितृष्णाले मध्यपुरमा एमालेको हार : महेश बस्नेत

By खबरहब

May 18, 2022

भक्तपुर– नेकपा एमालेका नेता महेश बस्नेतले एमालेप्रति नभई मदनसुन्दर श्रेष्ठप्रतिको वितृष्णाले मध्यपुर थिमीमा एमालेले हार ब्यहोर्नुपरेको बताएका छन् । बुधबार एक अन्तर्वार्तामा उनले एमालेप्रतिको वितृष्णाले नभई मदनसुन्दरको वितृष्णाले नगरमा एमाले हार्नुपरेको दाबी गरे । उनले भने, ‘यसो भन्दा मदनसुन्दरलाई नराम्रो लाग्नसक्छ, तर यही नै वास्तविकता हो।’

मैंले त उम्मेदवारी दिँदा नै मदनसुन्दरलाई नदोहोर्‍याऔं बरु प्रदेश सभामा पछि उठ्नुस् भनेका थिएँ, उनले भने, मनदसुन्दरले जिद्दी गर्नुभयो ।’ यसैको परिणाम एमालेले हार ब्यहोर्नुपरेको उनको भनाई थियो ।

मध्यपुर थिमी नगरपालिकाको निवर्तमान मेयर मदनसुन्दर यस पटकको निर्वाचनमा कांग्रेसका सुरेन्द्र श्रेष्ठबाट मेयर पदमा पराजित भए। जिल्लामा मदनसुन्दर महेश बस्नेतविरुद्धको समूहका मानिन्छन्।