देश/प्रदेश

इलामको देउमाईमा एमालेका उम्मेदवार दोस्रो कार्यकालको लागि निर्वाचित

By खबरहब

May 18, 2022

इलाम– इलामको देउमाई नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् ।

देउमाईमा प्रमुख सूर्य पोख्रेल र उपप्रमुख पविमाया राई दुवै जना दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । पोख्रेलले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार होम दुलाललाई पराजित गरेका हुन् । पोख्रेलले आठ हजार ६९५ मत प्राप्त गरेका छन् । उनका दुलालले सात हजार ६२२ मत प्राप्त गरेका छन् । २०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा पनि दुलाल पोख्रेलसँगै पराजित भएका थिए । उपप्रमुख पविमाया राईले आठ  हजार ५६३ मत ल्याएर विजयी भएकी छन् । 

उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका राम राईले पाँच हजार हजार ७६५ मत प्राप्त गरेका छन् । पविमाया राईले अघिल्लो निर्वाचनमा कांग्रेसकी सूर्यमाया राईलाई पराजित गर्दै उपप्रमुख निर्वाचित भएकी थिइन् ।