देश/प्रदेश

मधुवन नगरपालिकामा कांग्रेस विजयी

By खबरहब

May 18, 2022

बर्दिया : मधुवन नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा कांग्रेसका तेजबहादुर भाटले नेकपा (माओवादी केन्द्र) का लक्ष्मीप्रसाद शर्मालाई पराजित गरेका हुन् । भाटले आठ हजार ७७५ तथा शर्माले सात हजार ९३१ मत प्राप्त गरे । उपप्रमुखमा कांग्रेसकी अनिता चौधरीले आठ हजार ३३५ मत तथा माओवादी केन्द्रकी सुभद्रा चौधरीले सात हजार ८९९ मत प्राप्त गरिन् ।

त्यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिकाको प्रमुखमा कांग्रेस तथा उपप्रमुखमा एमाले विजयी भएको छ । नौ हजार ४२ मत प्राप्त गरी प्रमुखमा कांग्रेसका तिलकराम लम्साल विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेत्रराज आचार्यले ६ हजार ८१८ मत ल्याए । 

यस्तै ८ हजार १७६ मत ल्याएर उपप्रमुखमा एमालेकी बिना भट्टराई विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मञ्जुकुमारी चौधरीले सात हजार ६७४ मत प्राप्त गरेकी छिन् ।