राजनीति

काठमाडौँमा बालेनको मत १८ हजार ३८७ पुग्यो

By खबरहब

May 18, 2022

काठमाडौँ : लौरो चिन्ह लिएर काठमाडौँ महानगरपालिकाको मेयरमा चुनाव लडेका स्वतन्त्र उम्मेद्वार बालेन साहको मत १८ हजार ३८७ पुगेको छ । पछिल्लो मतपरिणामअनुसार उनले सो मत पाएका हुन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ९ हजार ५५२ मत पाएका छन् ।

यस्तै तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ८ हजार ६९८ मत पाएकी छन् । उपमेयरमा भने एमालेकी सुनिता डंगोलले १८ हजार ४१ मत पाएकी छन् ।