देश/प्रदेश

गोकर्णेश्वरको मेयरमा कांग्रेस विजयी

By खबरहब

May 18, 2022

काठमाडौँ : गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसाल विजयी भएका छन् ।  वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको आज सम्पन्न मतगणनामा रिसाल विजयी भएका हुन् । नगरप्रमुख रिसालले नौ हजार ६९२ मत पाई विजयी भएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले  जानकारी दिइन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्धव विष्टले आठ हजार ५०४ मत पाएको उनले बताए । उपप्रमुखमा भने एमालेकी सान्नानी लामा विजयी भएका छन् ।   उनले आठ हजार ८०४ मत प्राप्त गरे । लामाकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शान्ति नेपालले आठ हजार ६७१ मत पाइन् ।