राजनीति

सप्तरीको महादेवामा लोसपा विजयी

By खबरहब

May 18, 2022

सप्तरी : सप्तरीको महादेवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जित हासिल गरेको छ । अध्यक्षमा लोसपाका सुनिल मण्डल ४ हजार ५ सय ७० मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक कुमार यादव २ हजार २ सय ५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा लोसपाकै अर्चना कुमारी यादव निर्वाचित भएकी छन् । उनले ३ हजार ८सय ६७ मत प्राप्त गरि निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुष्माकुमारी मण्डलले २ हजार २ सय ५३ मत प्राप्त गरेकी छन् ।