राजनीति

भरतपुर मेयरमा रेनु दाहाल २३३८ मतले अगाडि

By खबरहब

May 18, 2022

चितवन– भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता बढाउँदै गएकी छन् । ३२८९४ मत गणना हुँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले १२हजार२१२ मत पाएकी छन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ९८७४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५३३२ मत पाएका छन् ।

उपमेयरमा कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले १४४५३ मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले ८००६ मत पाएकी छन् ।