ब्रेकिङ स्टोरी

भरतपुरमा रेनुले पाइन् ११०९० मत, दुई हजारको अग्रता

By खबरहब

May 18, 2022

काठमाडौँ : भरतपुर महानगरपालिकामा रेनु दाहालले ११ हजार ९० मत पाएकी छन् । महानगरको मेयर पदमा उम्मेद्वार दिँदै दोहोरिन चाहेकी प्रचण्ड पुत्री रेनुले पछिल्लो मतपरिणामअनुसार स्पष्टसँग दुई हजार मतको अग्रता लिएकी छन् ।

दोस्रो स्थानमा रहेका एमाले उम्मेद्वार विजय सुवेदीले ९ हजार ९० मत पाएका छन् । तेस्रो स्थानमा रहेका कांग्रेस बागी उम्मेद्वार जगन्नाथ पौडेलले ४ हजा ९ सय ५८ मत पाएका छन् । पछिल्लो वडामा मतपरिणाम चल्दै गर्दा रेनुले अग्रता लिएकी हुन् ।