राजनीति

महोत्तरीको पिपरा गाउँपालिकामा जसपा निर्वाचित

By खबरहब

May 18, 2022

महोत्तरी– महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । उनीहरूले लोसपाका उम्मेदवारहरूलाई हराउँदै जित हासिल गरेका हुन् ।

जसपाका उम्मेदवार रामजानकी यादव ५ हजार ५८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी लोसपा नेपालका अमित कुमार पाण्डेयले २ हजार ९७७ मत ल्याएका छन् ।

उपाध्यक्षमा जसपा नेपालकी बन्दना पाण्डेयले ५ हजार ४० मत ल्याएर विजयी भएकी छिन् । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी रविता कुमारीले ३ हजार ६२३ मत प्राप्त गरेकी छिन् ।

त्यसैगरी नेकपा एमालेकी नानुकुमारी दासले २ हजार ३४३ मत ल्याएन् भने नेपाली कांग्रेसकी आशाकुमारी यादवले १ हजार ६३० मत ल्याइन् ।