ब्रेकिङ स्टोरी

काठमाडौँमा बालेनको अग्रता कायमै, सुनितालाई पनि उछिने

By खबरहब

May 18, 2022

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा मेयर पदको उम्मेदवारी दिएका बालेन्द्र साहले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।

लौरो चिन्ह लिएर काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि चुनाव लडेका स्वतन्त्र उम्मेद्वार बालेन साहको मत १८ हजार ८७८ पुगेको छ ।

यस्तै पछिल्लो मतपरिणाम अनुसार दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ९ हजार ६७१ मत ल्याएका छन् ।

तेस्रो स्थानमा भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ हजार ८०६ मत पाएकी छन् । त्यसै गरी उपमेयरमा भने एमालेकी सुनिता डंगोलले १८ हजार ४१ मत पाएकी छन् ।

पछिल्लो अपडेट अनुसार बालेनले चर्चामा रहेकी नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएकी सुनिता डंगोलले भन्दा बढी मत लिएका छन् ।