ब्रेकिङ स्टोरी

भरतपुर महानगरमा रेनु दाहाल अग्रता बढाउँदै

By खबरहब

May 18, 2022

काठमाडौं- भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता बढाउँदै गएकी छन् ।

पछिल्लो मतपरिणामअनुसार गठबन्धनकी उम्मेदवार रेनु दाहालले १२,७२९ मत पाएकी छन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १०,२००मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५,४८१ मत पाएका छन् ।

उपमेयरमा कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले १४९९० मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले ८२७७ मत पाएकी छन् ।