तस्वीर- फाइनान्सियल टाइम्स

अन्तर्राष्ट्रिय

रुसबाट भारततर्फ तेलको निर्यात बढ्यो

By खबरहब

June 18, 2022

काठमाडौँ– रुस साउदी अरबलाई उछिन्दै भारतको दोश्रो ठूलो तेल आपूर्तिकर्ता मुलुक बनेको छ । भारतीय तेल प्रशोधकहरुले रुसबाट मे महिनामा २ करोड ५० लाख ब्यारेल तेल आयात गरेको छन् ।

यो भारतको कूल तेल आयातको १६ प्रतिशत रहेको भारतीय आर्थिक अनलाइन समाचार पोर्टल हिन्दु बिजनेस लाइनले जनाएको छ । भारतको शीर्ष तेल निर्यातकर्ता भने इराक रहेको जनाइएको छ ।

युक्रेनमा आक्रमण गरेसँगै रुसले भारतलाई सस्तो मूल्यमा तेल निर्यात गरिरहेको समाचार आइरहेका बेला रुसबाट भारततर्फ तेलको निर्यात बढेको हो ।

अमेरिका र चीनपछि भारत विश्वको तेस्रो ठूलो तेल आयातकर्ता मुलुक हो । भारतले आफ्नो खपतको ८५ प्रतिशत तेल आयात गर्दै आएको छ ।