फाइल फोटो

राजनीति

एकसाता लामो कांग्रेस बैठक आज सकिने

By खबरहब

July 18, 2022

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिने भएको छ ।

गत सोमबारदेखि सुरु बैठक आज सक्ने तयारी छ। दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने बैठकमा निर्णय सुनाउने तयारी छ ।

एक साता लामो बैठकमा केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मले आफ्नो धारणा राखेका थिए । खासगरी स्थानीय निर्वाचनको समीक्षा, आगामी संघ र प्रदेशसभाको निर्वाचनको तयारी र सरकारका कामलगायतका विषयमा सदस्यहरूले बोलेका थिए।

यसैगरी पार्टीका विभिन्न भ्रातृ संस्थाहरूको विधानलाई एकरूपता दिने विषमया पनि छलफल भएको थियो।

हिजो पदाधिकारी बैठक पनि बसेको थियो ।