तस्वीर- इम्याजिन चाइना

अन्तर्राष्ट्रिय

चीनमा मानव अङ्गको डरलाग्दो कारोबारबारे नयाँ खुलासा

By खबरहब

July 18, 2022

काठमाडौँ– चीनमा मानव अङ्गको कारोबारबारे नयाँ खुलासा भएको छ । चीनले लामो समयदेखि जबरजस्ती मानव अङ्ग सञ्चिती गर्दै आएको अरोप लाग्दै आएका बेला एकजना प्रत्यक्षदर्शीले नयाँ खुलासा गरेका हुन् ।

जापानी आपराधिक गिरोहका पूर्व सदस्यले शल्यक्रिया गर्ने चिनियाँ चिकित्सकहरुले एकजना युवाको कलेजो निकालेको खुलासा गरेका हुन् । भिजन टाइम्सका अनुसार उनको शरिरबाट अङ्ग निकाल्नुअघि उनलाई जबरजस्ती बेहोस पारिएको थियो ।

चिनियाँ अधिकारीहरुले पछिल्लो समय आफ्नो मुलुकमा मानव अङ्ग प्रत्यारोपण गर्ने उद्योग फस्टाइरहेको बताउने गरेका छन् । उनीहरुले चाँडै नै चिनियाँ चिकित्सा उद्योगले अमेरिकी चिकित्सा उद्योगलाई पछि पार्ने समेत दाबी गर्दै आएका छन् ।

लामो समयदेखि चीनमाथि बन्दी शिविरमा राखिएका हजारौँ बन्दीहरुको अङ्ग सञ्चिती गर्दै आएको आरोप लाग्ने गरेको छ । यसरी सञ्चिती गरिएका मानव अङ्ग महङ्गो मूल्यमा स्थानीय एवम् विदेशी ग्राहकहरुलाई महङ्गो मूल्यमा बिक्री गर्दै आएको बताइन्छ ।