ब्रेकिङ स्टोरी

दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस

By खबरहब

July 18, 2022

काठमाडौँ- न्याय परिषद् बैठकले थप दुई जना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

सोमबार बसेको परिषद्‌को बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशलाई बर्खास्त गर्न कायममुकायम प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले उच्च अदालतका न्यायाधीश राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौँका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए । निधि उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासको न्यायाधीशमा कार्यरत रहेका छन् ।

निधि राजविराजमा रहँदा र शर्मा सिराहामा कार्यरत रहँदा खराब आचरण देखाएको भन्दै छानबिनमा तानिएका थिए ।