फाइल तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

भारतले अफगानिस्तानलाई थप २५ सय मेट्रिक टन गहुँ पठायो

By खबरहब

July 18, 2022

काठमाडौँ– भारतले अफगानिस्तानतर्फ थप २५ सय मेट्रिक टन गहुँ पठाएको छ । मानवीय सहायता कार्यक्रमअन्तर्गत भारतले पाकिस्तानसँग जोडिएको अटारी वागा सीमाबाट अफगानिस्तानतर्फ २५ सय मेट्रिक टन गहुँ पठाएको हो ।

उक्त सीमा नाकामा रहेको भन्सार कार्यालयका सह आयुक्त बलबिर मङ्गतका अनुसार हालसम्म भारतले अफगानिस्तानतर्फ ३६ हजार मेट्रिक टन गहुँ आपूर्ति गरिसकेको छ । भारतले अफगानिस्तानतर्फ कुल ५० हजार मेट्रिक टन गहुँ आपूर्ति गर्ने बताइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतले अफगानिस्तानमा जारी मानवीय संकटलाई ध्यानमा राख्दै विश्व खाद्य कार्यक्रमसँगको सहकार्यमा गहुँ सहयोग गरेको हो ।

अफगान जनताका लागि भन्दै पाकिस्तान सरकारले गत वर्षको नोभेम्बर महिनामा भारतलाई अफगानिस्तानतर्फ गहुँ निर्यात गर्न दिने घोषणा गरेको थियो ।