फाइल तस्वीर- अनादोलु एजेन्सी

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा तालिबान लडाकु सवार मिनिबसलाई लक्षित गरी आक्रमण

By खबरहब

July 18, 2022

काठमाडौँ– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानका केही सदस्य बोकेको सवारी लस्करलाई लक्षित गरी आक्रमण भएको छ ।

अफगानिस्तानको हेरात प्रान्तमा अज्ञात आक्रमणकारीले तालिबानका लडाकु सवार मिनिबसलाई लक्षित गरी आक्रमण गरेको अफगानिस्तानको टोलो न्युजले जनाएको छ ।

आक्रमणमा पर्नेमा तालिबानको २०७ अल फारुक कोरका लडाकुहरु रहेको जनाइएको छ ।

ती तालिबान लडाकुहरु अज्ञात बन्दुकधारीको निशानामा परेको बताइएपनि घटनामा भएको मानवीय क्षतिबारे भने तालिबान अधिकारीले कुनै जानकारी नदिएको टोलो न्युजले जनाएको छ ।

यद्यपि घटनामा दुई लडाकु मारिएको एवम् सर्वसाधारणसमेत २० जना भन्दा धेरै घाइते भएको जनाइएको छ ।

हेरात प्रान्तका प्रहरी प्रवक्ता मोहम्मद शाह रसुलका अनुसार आक्रमणमा केही सर्वसाधारण घाइते भएका छन् भने जवाफी कारवाहीमा एकजना आक्रमणकारीको समेत मृत्यु भएको छ ।