रुसले युक्रेनमाथि आक्रमण गरेपछि संसारमा नै आप्रवासी र शरणार्थी समस्या थपिएको छ। ज्यान जोगाउन युक्रेन छाड्नेको त कुरै नगरौँ, आफ्नै देशको सत्तासँग असन्तुष्ट नागरिकले रुस छाड्नेक्रम जारी छ। अहिले रुसमा रहेका यहुदीहरूमा देश छाड्नेक्रम बढ्दो छ। कम्तीमा प्रति ८ जना मध्य एक यहुदीले रुस छाडेका छन्।
संसारमा रहेका यहुदीलाई इजरायलमा गएर बसोबास गर्नका लागि यहुदी एसोसिएसनले सहयोग गरिरहेको छ। रुसमा रहेका १ लाख ६५ हजार यहुदी मध्य गत मार्च देखि यता २० हजार ५ सय यहुदी इजरायल पुगेको जनाइएको छ। हजारौँ जना अन्य देशमा पनि गएका छन्। अहिले देखिएको यो सामूहिक बसाइ सराइमा ऐतिहासिक मान्यताले पनि काम गरेको जनाइन्छ।
साम्यवाद ढलेपछि मस्कोमा यहुदीले धेरै मेहनत गर्दै आफ्नो समुदाय तयार पारेका थिए। यसको अगुवाइ गर्ने काम पिन्चास गोल्ड्सकमिड्टले गरेका थिए। उनी सन् १९९३ देखि सहरको यहुदी समुदायको प्रमुखको रूपमा सक्रिय छन्। युद्ध सुरु भएपछि उनले पद त्याग गरेर युद्धविरुद्धमा आवाज उठाएका थिए। विस्तारै उनले रुस छाड्ने निर्णय गरे।
युद्धविरुद्धमा सभा हल हुँदै विद्यालय, किन्डरगार्डेन, सामाजिक संस्था र शिक्षा क्षेत्र जताततै आवाज र भावना तरङ्गित भएका थिए। यसका बाबजुद युद्ध सुरु भएको दोस्रो सातामा नै गोल्ड्सकमिड्ट र उनको परिवारले मस्को छाडेको थियो। त्यो परिवार सुरुमा हंगेरी पुगेर त्यहीँबाट इजरायल पुगेको हो। ‘ ‘इजरायलमा जे भइरहेको छ, त्यसविरुद्धमा आवाज उठाउन हामीले आवश्यक ठानेका छौं। आवाज त उठायौ। तर, मस्कोमा रहिरहन जोखिम महसुस भएपछि त्यहाँबाट हिँडेका हौं’, गोल्ड्सकमिड्टले भने। उनले मस्को छाडेपछि धेरै यहुदीहरूले असन्तुष्टि जनाएका छन्। यसरी असन्तुष्टि जनाउनेले आफूलाई धोका दिएको बताएका थिए। गोल्ड्सकमिड्ट आफै भने उनको भूमिकामा धेरै जान सहयोगी भएको बताउँछन्। ‘ धेरैले यसरी छाडेर कहाँ जान पाइन्छ भनेर सन्देश पठाउनु भएको थियो। तर, म एक्लै सबै होइन। म गए पनि यहाँको समुदायलाई सधैँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छु’, उनले भने। उनले आफू र आफ्नी श्रीमती जहाँ गए पनि साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन्। गोल्ड्सकमिड्टले मस्को छाडेपछि त्यसले रुसमा चलेको अभियानमा कुनै असर नगर्ने जनाएका छन्।
अहिले इजरायलमा भएको कानुनको धेरैले उपयोग गरेका छन्। ‘इजरायलको कानुनमा हजुरबा अथवा हजुर आमासम्म पनि कुनै एक जना यहुदी भए त्यहाँको नागरिकता पाउने प्रावधान छ। त्यहाँ जानका लागि हामीले एकदमै हतारो त गरेका होइनौ नि भन्ने लागेको छ’, टोरन्टो विश्वविद्यालयकी यहुदी शिक्षाकी प्राध्यापक अन्ना स्टेरनेसीसले भनिन्। उनी रुसमा यहुदी इतिहासको विशेषज्ञ पनि हुन्। उनको बुझाइमा पनि रुसमा कुनै पनि फरक घटना भएपछि यसले यहुदीहरूमा समस्या उत्पन्न हुन्छ।
रुसमा यहुदीविरुद्धमा भएका बारम्बारको ज्यादती पनि उनलाई अझै याद छ। उनले यसका बारे थुप्रै अध्ययन पनि गरेकी छन्। १९ औं शताब्दीको अन्त्यमा भएको आर्थिक सङ्कटको समय तथा दोस्रो विश्व युद्धको समयमा पनि यहुदीमाथि ज्यादती भएको थियो।
प्राध्यापक स्टेरनेसीस आफैं पनि रुसमै हुर्किएकी हुन्। उनले कसैले खुलम खुल्ला यसका बारे नबोले पनि त्यहाँका हरेक यहुदीले पुर्खादेखि आफूहरूमाथि भएको ज्यादती मनन गरेको उनले बताएकी छन्। उनको विचारमा पनि यहुदीको जीवन नै दुखद बनाइएको छ। जब उनीहरू आफ्नो जीवन व्यवस्थित बनाउन खोज्छन् त्यस समयमा केही यस्तै घटना भएका छन्।
अर्का एक व्यक्ति पनि आजित भएर रुस छाड्न चाहेको बताउँछन्। उनी पनि रुसी सत्ताको डरका कारण सञ्चार माध्यमसँग कुरा गर्दा आफ्नो वास्तविक नाम भन्न रुचाउँदैनन्। ‘२४ फेब्रुअरीपछि हाम्रो परिवार नै यो युद्धको विरुद्धमा थियो। तर, थाहा थिएन यसको विरोध कसरी गर्ने हो ?’
उनले घर छाड्ने निर्णय त गरिसके। तर, उनलाई पनि अन्यत्र गएर काम नपाउने र बेरोजगारीको समस्याले दुःख पर्ने हो कि भन्ने चिन्ता छ। प्राध्यापक स्टेरनेसीस पनि ती युवा जस्ता धेरै जना अहिले आत्तिएको बताउँछन्। उनको विचारमा पनि पुस्ताले पाएको दुःखलाई हेरेर वास्तविक शत्रुको पहिचान गर्न उपयुक्त हुन सक्ने छ। ती युवा विगतमा भने आफ्नै समुदायमा धेरै घुलमिल गरेका थिए। उनले आफ्नो अन्य दुई यहुदी परिवारसँग मात्र घुलमिल र चिनजान भएको बताए। उनले पनि इजरायलको नागरिकताका लागि निवेदन दिएका छन्। उनले हरेक समाचारले आफूहरूले भविष्य असुरक्षित भएको आभास भएको बताएका छन्।
आठ वा नौ शताब्दी नै ब्ल्याक सी क्षेत्रमा यहुदीको बाक्लो उपस्थिति थियो। १४ औं देखि १८ औं शताब्दीको बीचमा स्पेनबाट प्रशस्त यहुदी क्रेमिया र ब्ल्याक सी क्षेत्रमा प्रवेश गरेका थिए। १६ औं शताब्दीमा रुसमा यहुदीको रुसी संस्कृतिमा प्रभाव देखिन थालेको थियो। सन् १४९२ मा स्पेनकी रानी इसाबेलाले हजारौँ जना यहुदीलाई देश निकाला गरेपछि उनीहरू पोल्यान्ड, लिथुवानीया, युक्रेन र बेलारुसमा समेत पुगेका थिए। १८ औं शताब्दीमा पोल्यान्ड विभाजित भएपछि त्यहाँबाट धेरै यहुदी रुस पुगेका थिए। उनीहरूको उपस्थितिसँगै रुस सबै भन्दा धेरै यहुदी बस्ती भएको देशको रूपमा चिनिन थालेको हो।
पोल्यान्ड विभाजनको क्रममा सन् १७७२ देखि ९५ को बीचमा मात्र पाँच लाख यहुदी पोल्यान्डबाट रुस गएको जनाइन्छ। यसै बीचमा ‘पेल अफ सेटलमेन्ट’को स्थापना भएको थियो। यो स्थान रुसले यहुदीलाई छुटाएको एउटा स्थान थियो। यसै पेलमा हरेक दिन यहुदीको सङ्ख्या तीव्र गतिमा बढेको थियो। उनीहरूको आफ्नै संस्कृति मात्र होइन, शैक्षिक प्रणाली, अस्पताल र साहित्य थिए। १८ औं शताब्दीमा यहुदीलाई हेर्ने दृष्टिकोणमा रुसीहरू लचिलो भएका थिए। सोही समयमा धेरै यहुदी अमेरिका पनि पुगेका थिए। पहिलो विश्व युद्धको समयमा यहुदीको सङ्ख्या धेरै नै बढेको थियो।
१९ औं र २० औं शताब्दी त यहुदीमाथि व्यापक ज्यादती भएको थियो। सो समयमा ‘ब्ल्याक हन्ड्रेड’ नामको एउटा समूहले यहुदीलाई छानीछानी मारेको थियो। यहुदीलाई नै लक्षित गरेर ‘मे कानुन’ पनि रुसमा लागू गरिएको थियो। सोभियत युनियनको स्थापनपछि सन् १९२२ त रुसमा यहुदीको सङ्ख्या आधा नै कम भइसकेको थियो। १९२० को शताब्दीको अन्त्यमा धेरै यहुदी राज्यको मूल धारमा नै उपस्थिति जनाउन सफल भए।
दोस्रो विश्व युद्धपछि फेरि सोभियत कालमै यहुदी माथि धेरै निगरानी मात्र राखिएन, उनीहरूलाई धेरै कुरामा सङ्कुचन गरेर राखियो। दोस्रो विश्व युद्ध भने यहुदीका लागि दुखद् बनेको थियो। करिब ५ लाख हाराहारीमा युक्रेनी यहुदीको ज्यान गएको थियो नाजी युद्धमा पनि ५ लाखकै हाराहारीमा यहुदीको ज्यान गएको थियो। सन् १९४२ मा युक्रेनमा एकै पटक ३३ हजार ७११ जनालाई गोली हानेर मारिएको इतिहास पनि छ।
यहुदीको चार शताब्दी लामो इतिहासलाई हेर्ने हो भने उनीहरूमाथि बारम्बार ज्यादती भएका थुप्रै उदाहरण छन्। युद्धको पीडा सायद यहुदीहरूले जस्तो अन्य कुनै संस्कृति बोक्नेले गरेका छैनन्। अहिले उनीको युद्धप्रति असन्तोष छ। असन्तुष्टि व्यक्त गरेमा तत्काल ज्यान जाने खतरा पनि छ। यो दोधारमा रहेका यहुदीहरूले विस्तारै रुस छोड्नेक्रम छ। स्रोत : बीबीसी, फ्याक्ट एन्ड डिटेल