सांकेतिक तस्बिर

देश/प्रदेश

कैलालीमा ४६ वर्षीया एक महिला मृत फेला

By खबरहब

August 18, 2022

धनगढी– कैलालीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित लठैयाकी ४६ वर्षीया रेश्मा चौधरी मृत फेला परेकी हुन् । 

बुधबार उनी आफ्नै घरमा मृत फेला परेकी प्रहरीले जानकारी दिएको छ । उनले विष सेवन गरेर आत्महत्या गरेको खुलेको प्रहरीको भनाइ छ ।

सोही ठाउँमा सञ्चालित एक लघुवित्त संस्थाबाट मृतक रेश्माले ऋण लिएकी थिइन् । लघुवित्तका कर्मचारीहरूले हिजो नै उनलाई पैसा तिर्न भन्दै घरमा गएर ताला लगाएको बताइएको छ ।