फाइल तस्बिर

ब्रेकिङ स्टोरी

नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित; पक्षमा १३५ मत, विपक्षमा ६० मात्रै (भिडियो)

By खबरहब

August 18, 2022

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ । बिहीबार प्रतिनिधिसभामा भएको छलफलपछि मतबिभाजनका आधारमा उक्त बिधेयक बहुमतले पारित भएको हो ।

मत विभाजनमा नागरिकता विधेयकलाई प्रस्तुत रुपमा नै पारित गरियोस प्रस्तावको पक्षमा १३५ मत परेको थियो भने प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए ।

यसअघि राष्ट्रपतिले वैवाहिक अंगीकृत, प्रादेशिक पहिचान, महिलाको आत्मसम्मानलगायतका विषय उल्लेख गर्दै नागरिकता विधेयकलाई पुनर्विचार गर्न भन्दै साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।