फाइल फोटो

देश/प्रदेश

ट्राफिकको विशेष जाँच : १ सय १४ जना विधार्थी कारवाहीमा

By खबरहब

August 18, 2022

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन गरेका विशेष जाँच अभियानअन्तर्गत आज १ सय १४ जना विधार्थी कारवाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलीले विहीबार नियमविपरीत सवारी चलाउने १ सय १४ जना विधार्थीलाई कारवाही गरेको हो ।

कारबाहीमा पर्नेहरुमा सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने ४८ जना , आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४२ जना,लापरवाहीका साथ सवारी साधन चलाउने ११ जना, तिब्र गतिमा सवारी साधन चलाउने ८ जना, हेलमेट नलगाउने ३ जना, दुईपाङ्ग्रे सवारी साधनमा ३ जना सवार २ जना विद्यार्थीहरु रहेका छन् ।

कलेजका बिधार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले विशेष चेकजाँच अभियान सञ्चालन गरिरहेको छ ।