तस्वीर- डीपीए

अन्तर्राष्ट्रिय

चीनको फलाम खानीमा बाढीको पानी पस्यो, १४ जनाको मृत्यु

By खबरहब

September 18, 2022

काठमाडौँ- चीनमा एउटा फलाम खानीमा बाढीको पानी पस्दा १४ जनाको मृत्यु भएको छ । राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढीको पानी पसेको हो ।

उक्त फलाम खानीमा बाढीको पानी पस्दा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् । घटनामा अरु एक जना हराइरहेको बताइएको छ ।

यो महिनाको प्रारम्भमा त्यहाँ बाढीको पानी पसेर उक्त हताहती भएको तथा घटनास्थलमा खोज तथा उद्धारका काम स्थगन गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन् ।

खानीमा के कारणले बाढीको पानी पस्यो भन्नेबारे अनुसन्धान भइरहेको ताङसान नगर सरकारले एक सङ्क्षिप्त विज्ञप्ति निकालेर जानकारी दिएको छ । हेबेइ फलाम र इस्पात खानीका निम्ति प्रसिद्ध छ ।

चीनमा हरेक वर्ष खानी दुर्घटना हुने गरेका छन् । खानी क्षेत्रमा सुरक्षाको उचित व्यवस्था नहुँदा यस्तो दुर्घटना हुने गरेको बताइन्छ ।