राजनीति

निर्वाचन नजिकिएसँगै अध्यक्ष थापालाई छिमेकी भेट्न भ्याई नभ्याई

By खबरहब

September 18, 2022

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदाता र छिमेकीसँगको भेटलाई बाक्लो बनाएका छन् । यही क्रममा उनले आइतबार हेटौँडास्थित छिमेकीहरूसँग बसेर चियासहितको छलफल गरेका छन् ।

सो क्रममा उनले हेटौँडा-६ का छिमेकी तथा कार्यकर्ताहरूलाई निर्वाचनमा सघाउन आग्रह गरेका थिए । उनले आफूमाथि लागेको आरोपहरू बारे खोलेर कुरा गरेका थिए ।

राप्रपा फुटाएको नभई आफू एक्लै बाहिरिएको दलिल समेत उनले दिएका थिए । राप्रपाबाट बाहिरिनु रहर नभई बाध्यता भएको उनको तर्क थियो । उनले महाधिवेशनमा भएको घेराबन्दी, धोका, बेइमानी बारे निकै लामो चर्चा गरे । तर, यसबाट बिचलित नभई नयाँ ऊर्जा र योजनाका साथ क्रियाशील भएको दाबी गरे ।

मकवानपुरको विकास निर्माणमा आफ्नो योगदान रहेको उनले चर्चा गरे । उनले अधुरो विकास निर्माणलाई मूर्त रूप दिन चुनावी मैदानमा खडा हुन चाहेको पिन स्पष्ट पारे ।

यसकारण सबैको साथ समर्थन खोजेको बताए । पार्टी, वाद, बिचार भन्दामाथि उठेर राम्रो उम्मेदवार चयन गर्नुपर्नेमा थापाको जोड थियो । थापाको यो अभियान सबै वडाहरूमा निरन्तर जारी रहने राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए ।