तस्वीर- पिपुल म्यागजिन/वायरइमेज

अन्तर्राष्ट्रिय

ह्वाइट हाउसमा एल्टन जोनले साङ्गीतिक प्रस्तुती दिने

By खबरहब

September 18, 2022

काठमाडौँ- बेलायती गायक एवं गीतकार एल्टन जोनले अर्को हप्ता ह्वाइट हाउसमा ‘ए नाइट ह्वेन होप एन्ड हिस्ट्री राइम’ कार्यक्रममा प्रस्तुति दिने भएका छन् ।

हालै सार्वजनिक गरिएको सूचनामा जोनले शुक्रबार ह्वाइट हाउसको साउथ लनमा प्रस्तुति दिने बताइएको छ ।

कोरोना सङ्क्रमणपछि ह्वाइट हाउस सामान्य गतिमा फर्किदै गर्दा एल्टन साङ्गीतिक प्रस्तुतीका लागि अमेरिका पुग्दैछन् ।

तर, उक्त समारोहमा सहभागीहरूलाई कोरोना परीक्षण रिपोर्ट भने आवश्यक पर्ने बताइएको छ ।