देश/प्रदेश

बाल विवाह र छाउपडी प्रथा न्यूनीकरण सम्बन्धी सडक नाटक प्रदर्शन

By खबरहब

September 18, 2022

सुर्खेत- दैलेखमा बाल विवाह र छाउपडी प्रथा न्यूनीकरण सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ । जिल्लाको भैरवी गाउँपालिका–२ को पञ्चदेवल मावी र भैरवी गाउँपालिका–५ को हिमालय माविमा सडक नाटक प्रदर्शन गरिएको हो । ‘नगरौँ बिहेको कुरा भएको छैन २० वर्ष पुरा’ र ‘विहेबारी २० वर्ष पारी’ भन्ने नारासहित नाटक प्रदर्शन गरिएको हो ।

एईआइएन लक्जेम्वर्गको आर्थिक सहयोग, सोसेक नेपालको सहजीकरण र भैरवी गाउँपालिकाको समन्वय तथा प्रगतिशील युवा क्लबको आयोजनामा सडक नाटक प्रदर्शन गरिएको हो ।

सडक नाटकमा विद्यालयका शिक्षकहरू, अध्ययनरत विद्यार्थीहरू, युवा क्लब तथा आमा समुहका सदस्यहरूको उपस्थिति रहेको थियो । भैरवी गाउँपालिकामा एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सोसेक नेपालद्वारा सञ्चालित आधार परियोजना सञ्चालित छ ।