मुख्य समाचार

टुकुचामाथिका संरचना नभत्काउन उच्च अदालतकाे आदेश

By खबरहब

September 18, 2022

काठमाडौँ-  उच्च अदालत पाटनले टुकुचा नखोल्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। काठमाडौँ महानगरपालिकाले टुकुचा खोला खोज्दै त्यसमाथि बनाएका संरचनाहरू भत्काउन थालेपछि उच्च अदालत पाटनमा महानगरलाई विपक्षी बनाएर रिट निवेदन परेको थियो ।

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोलामाथि बनेका जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका घरहरु नभत्काउन आदेश दिएको हो । यसैगरी अदालतले अल्पकालीन अन्तरिम आदेश दुवै पक्षको बहस सुनेर मात्र दिइने पनि भनेको छ ।

टुकुचालाई भूमिगत बनाइएको ठाउँमाथि बनेका संरचना नभत्काउन माग गर्दै भदौ ३१ गते पाटन उच्च अदालतमा प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स, जे–नेक्स इनभेस्टमेन्ट प्रालीसहितका तीन कम्पनीले संयुक्तरुपमा रिट दर्ता गरेका थिए ।