तस्वीर- मिन्ट

अन्तर्राष्ट्रिय

दिवालीअघि नै भारतमा ५जी सार्वजनिक हुने

By खबरहब

September 18, 2022

काठमाडौँ– भारतमा पाचौँ पुस्ताको मोबाइल प्रविधि ५जी सार्वजनिक प्रयोगका लागि खुला गर्न तयारी सुरु भएको छ ।

फिनल्याण्डको प्रविधि कम्पनी एचएमडी ग्लोबलले भारतीय दूरसञ्चार कम्पनी रिलायन्स जियोसँग सहकार्य गरी भारतमा ५जी ल्याउन लागेको हो ।

एचएमडी ग्लोबलका प्रमुख कार्यकारी फ्लोरियन सिचले भारतमा ५जी सार्वजनिक गर्नका लागि आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । ‘भारतमा ५जी ल्याउन हामी उत्साहित छौँ ।’ प्रमुख कार्यकारी सिचलाई उद्धृत गर्दै भारतीय अनलाइन इकोनोमिक टाइम्सले जनाएको छ ।

भारतमा यही दिवालीभित्र राजधानी दिल्ली, कोल्काता, मुम्बई चेन्नईजस्ता सहरमा ५जी सार्वजनिक गरिसक्ने र सन् २०२३ को अन्त्यसम्म ५जी प्रविधिलाई मुलुकभर विस्तार गर्ने जनाइएको छ ।