सांकेतिक तस्बिर

देश/प्रदेश

बाँकेमा नहरमा डुबेर एक जनाको मृत्यु

By खबरहब

September 18, 2022

नेपालगञ्ज– बाँकेमा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–८ मा पिपरी बस्ने जिबन गिरीको छोरा ११ वर्षीय आकाशको मनापुर सिक्टा नहरमा पौडी खेल्ने क्रममा डुबेर आज बिहान मृत्यु भएको हो ।

यस्तै उता कञ्चनपुरमा पनि माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जना किशोरीको मृत्यु भएको छ । पुनर्वास नगरपालिका –५ सिम्री बस्ने बलराम रानाकी छोरी १६ वर्षीया गितावती रानाको आफ्नै घरबाट करिब ५ सय मिटर टाढा सिम्री खोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो मृत्यु भएको छ ।