देश/प्रदेश

आचारसंहिताविपरीत त्रिविले थाल्यो करारमा कर्मचारी भर्ना, आयोगले सोध्यो स्पष्टीकरण

By खबरहब

October 18, 2022

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले निर्वाचन आचारसंहिताविपरीत करार सेवामा कर्मचारी भर्ना थालेको छ। निर्वाचन आचारसंहिता जारी भएपछि नियुक्ति, बढुवा लगायतका काम गर्न नपाइने भए पनि त्रिविले नियम छलेको पाइएको हो।

निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको छ।

स्पष्टीकरणमा आयोगलाई जानकारी गराई विश्वविद्यालय सेवा आयोग र शिक्षक सेवा आयोगको नियमितर्फ हुने पदपूर्तिसम्बन्धी कारबाही गर्न बाधा नहुने बाहेक नयाँ पद सिर्जना गर्ने, रिक्त पदपूर्ति गर्ने, भत्ता वृद्धि गर्ने लगायतका कुनै पन आर्थिक सुविधा र पुरस्कार प्रदान गर्न नहुने आचारसंहिताको व्यवस्था स्मरण आयोगले गराएको छ।

आयोगले त्रिविले सुरु गरेको करार सेवामा पदपूर्ति प्रक्रिया नियमित प्रक्रिया हो होइन ? भन्ने प्रश्न गरेको छ। होइन भने प्रक्रियालाई रोक्नु नपर्ने आधार के छ ? भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।