तस्बिर : बीबीसी

अन्तर्राष्ट्रिय

रुसी विमान आवासीय भवनमा खस्यो, दुई जनाको मृत्यु

By खबरहब

October 18, 2022

मस्को – एक रुसी लडाकु विमान सोमबार दक्षिणी रुसी शहर येस्कको एक आवासीय भवनमा दुर्घटनाग्रस्त भएको छ। दुघंटनामा कम्तीमा दुई जनाको मृत्यु भएको थियो।

सैन्य समाचार च्यानल जेभेजडाले प्रकाशित गरेको एउटा भिडियोमा विमान अपार्टमेन्टमा खस्दै गर्दा विस्फोट भएको देखाइएको छ।

क्षेत्रीय गभर्नर भेनियामिन कोन्ड्रात्येभले उक्त विमान सुखोई एसयू–३४ सुपरसोनिक मध्यम दूरीको लडाकु बमवर्षक भएको बताए।

समाचार एजेन्सीले आपत्कालीन अधिकारीलाई उद्धृत गर्दै उक्त दुर्घटनामा कम्तीमा १५ जना घाइते भएको बताएका छन्। उनीहरुले पाइलट बाहिर निस्किएको बताएका छन्।