तस्वीर- द बुकर प्राइज

अन्तर्राष्ट्रिय

श्रीलंकाली लेखक शेहान करुणातिलाकालाई यस वर्षको बुकर पुरस्कार

By खबरहब

October 18, 2022

काठमाडौँ- श्रीलंकाका लेखक शेहान करुणातिलाकाले यस वर्षका लागि प्रतिष्ठित बुकर पुरस्कार जितेका छन् । उनलाई ‘द सेभेन मुन्स अफ माली अल्मेडा’ कृतिका लागि बेलायतको बुकर पुरस्कार दिइएको हो ।

यस कृति साम्प्रदायिक द्वन्द्वबीच हत्या गरिएका पत्रकारको कथामा आधारित रहेको जनाइएको छ ।

४७ वर्षीय करुणातिलाका बुकर पुरस्कार जित्ने दोस्रो श्रीलंकाली हुन् । यसअघि सन् १९९२ मा माइकल ओन्डात्जेले ‘द इंग्लिश पेसेन्ट’ का लागि सो पुरस्कार प्राप्त गरेका थिए । पुरस्कारको राशि ५० हजार पाउण्ड रहेको छ ।

यो पुरस्कार सन् १९६९ देखि प्रदान गर्न थालिएको हो ।