फाइल तस्वीर

क्रिकेट

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडीको विजयी सुरुवात

By खबरहब

October 18, 2022

काठमाडौँ- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडीले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा बैतडीले बझाङलाई छ विकेटले पराजित गर्दै विजयी सुरूआत गरेको हो ।

बझाङले दिएको १२२ रनले लक्ष्य बैतडीले १७ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । खेलमा दीपक बोहराले ४८, खडक बोहराले २६ र वीरेन्द्र नाथले नटआउट २४ रनको योगदान गरे ।

बझाङका अनिल थापाले तीन र सुशील रावलले एक विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको बझाङ ३८ ओभरमा १२१ रनमा अलआउट भयो । उसका गजेन्द्र भण्डारीले २९ र अनिल थापाले २५ रन बनाए ।

बैतडीका खडक बोहराले तीन, वसन्त खत्री र हिक्मत महराले दुई÷दुई विकेट झारे । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १२ गतेदेखि काठमाडौँमा हुँदैछ ।