समाचार

रक्षासचिव शर्मा र भारतीय सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता

By खबरहब

October 18, 2022

काठमाडौँ- रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेसँग भेटवार्ता गरेका छन् । भारत भ्रमणका क्रममा रहेका रक्षा मन्त्रालयका सचिव शर्माले भारतीय स्थल सेनाध्यक्ष पाण्डेसँग भेट गरेका हुन् ।

भेटमा पारस्परिक हित र दुई मुलुकबीचको सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल भएको थियो ।